गुणस्तर सुनिश्चितता तथा प्रत्ययन  प्राप्त सामुदायिक कलेजहरुको अवलोकन भ्रमणको अनुभूति  र सिकाइ

गुणस्तर सुनिश्चितता तथा प्रत्ययन  प्राप्त सामुदायिक कलेजहरुको अवलोकन भ्रमणको अनुभूति  र सिकाइ

Apr 13, 2019 Uncategorized 1 minute read

गुणस्तर सुनिश्चितता तथा प्रत्ययन  प्राप्त सामुदायिक कलेजहरुको अवलोकन भ्रमणको अनुभूति  र सिकाइ

डा. बलराम दुवाल

 

बागीश्वरी कलेज हाल विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्ययन  को प्रक्रियामा रहेकोले अनुकरणीय त्तब्ब् प्रमाणपत्र प्राप्त सामुदायिक कलेजहरुको अवलोकन  भ्रमण गर्ने समुहमा आवद्ध हुने मौका प्राप्त भएकोमा सर्वप्रथम कलेज प्रशासनलाई धन्यवाद दिन चाहन्छु ।

उद्देश्य बमोजिम २०७५ पुस १७ गते देखि, नवलपरासी, रुपन्देही, कैलाली र चितवन जिल्लास्थित मध्यविन्दु बहुमुखी क्याम्पस, महाकवि देवकोटा क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, कैलाली बहुमुखी क्याम्पस र बालकुमारी कलेजको अवलोकन भ्रमण गरियो । छोटो भेटघाट र अवलोकनको आधारमा कुनै संस्थाकोबारे निचोड निकाल्न अपर्याप्त हुनेगर्छ । यही धरातलमा यो लेखाइलाइ बुझ्नुपर्ने देख्छु । यद्यपी अवलोकन भ्रमण र जिम्मेवार कलेजका पदाधिकारीहरुसंगको संक्षिप्त अन्तरक्रियाले त्तब्ब् पाउने प्रमुख आधार, सोको लागि आवश्यक पूर्वतयारी, त्तब्ब् प्राप्ती पश्चातका अवसर तथा चुनौतीका विषयमा जानकारी हासिल गर्ने मौका मिल्यो ।

अध्ययन र अनुभवको सार स्वरुप सिकाईको रुपमा पाउन सकिन्छ । सिकाइ मानव व्यवहारको आधारभूत नियम मानिन्छ । यसले इच्छाइएको साथै अनपेक्षित व्यवहारलाई परिवर्तन ल्याउन सक्दछ । अर्थात् सिकाइ त्यतिवेला हुन्छ जुनबेला त्यसले वैयक्तिक वा संस्थागत व्यवहारमा परिवर्तन ल्याउनसक्छ ।

 

त्तब्ब् प्राप्ति प्रक्रिया

 

अवलोकन गरिएका क्याम्पसहरुको त्तब्ब् प्राप्त गरेको समय

क्याम्पस  ीइक्ष् पेश मिति क्क्च् पेश मिति एचभ ख्ष्कष्त मिति एच्त् ख्ष्कष्त मिति  त्तब्ब् निर्णय मिति   समयावधि

मध्यविन्दु २०६९ बैशाख   २०७१ आश्विन  २०७३ असार    २०७३ श्रावण   २०७३ पौष ४।८ वर्ष

महाकवि देवकोटा    २०७१             २०७४ मंसिर    ३।६ वर्ष

कैलाली   दोश्रो चरणको त्तब्ब् को लागि क्क्च् बुझाई पूर्वभ्रमण सकाइसकेको   २०६९ जेठ १६

लुम्बिनी       २०६८ चैत्र ३०

बालकुमारी     २०६६ मंसिर ७

 

चितवनको बालकुमारी कलेज नेपालकै पहिलो त्तब्ब् प्राप्त गर्ने सामुदायिक कलेजको रुपमा रह्यो । उक्त कलेज त्तब्ब् प्राप्त गर्नुपूर्व नै क्ष्क्इ गुणस्तर प्रमाणपत्र प्राप्त गरि अन्तराष्ट्रिय गुणस्तर कायम गर्न सफल भई निरन्तर संस्थागत विकास गरि गुणस्तरीय व्यवस्थापन कायम गर्न सकेको देखिन्छ ।

कैलाली बहुमुखी क्याम्पस र लुम्बिनी बाणिज्य क्याम्पसले पनि शुरुवाती समयमै त्तब्ब् प्राप्त गरेका थिए । कलेज स्थापनाको समयावधि हेर्दा मध्यविन्दु बहुमुखी क्याम्पस र महाकवि देवकाटा क्याम्पस चांडो त्तब्ब् पाउन सफल कलेजको रुपमा देखिन्छ । ीइक्ष् पेश गरेपछि करिव ४ वर्षको हाराहारीमा मात्र त्तब्ब् को सम्पूर्ण फ्रक्रिया टुंगिएको देखिन्छ ।

संचालित कार्यत्रम

क्याम्पस  मध्यविन्दु महाकवि  कैलाली   लुम्बिनी    बालक्मारी

संकाय

११ र १२ कक्षा       

स्नातक कार्यक्रम

व्यवस्थापन     थप द्यद्यब्     थप द्यद्यःरद्यद्यब्    थप द्यद्यः    थप द्यज्

ःशिक्षा                 

मानविकि                

विज्ञान                    

स्नातकोक्तर कार्यत्रम

व्यवस्थापन             थप ःद्यब्   थप ःद्यब्  

शिक्षा             

मध्यविन्दु र कैलाली क्याम्पसले माक्र हाल ११ र १२ कक्षा संचालन गरिरहेका छन. । तीनिहरुसंग विद्यालय शिक्षाका अन्य कार्यत्रम भने रहेका छैनन. ।

लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन संकायमात्र संचालित विशेषीकृत क्याम्पसको रुपमा प्रतिष्ठा कायम गरेको छ । अन्य सबै क्याम्पसले व्यवस्थापन, शिक्षा र मानविकी ३ वटै संकाय संचालन गरिरहेका छन. भने थप विज्ञान संकाय कैलाली र बालकुमारी क्याम्पसले संचालन गरिआएका छन. ।

देशैभर मानविकी र शिक्षा संकायमा विद्यार्थी भर्नादर घट्दै गईरहेको अवस्थामा यी कलेजहरु पनि अछुटो रहेन । मानविकी संकायमा कतिपय विषय संचालन गर्न मुश्किल भई शिक्षकहरुको व्यवस्थापनमा चुनौती थपिएको पनि बुझियो । विद्यार्थीहरुको चाप व्यवस्थापन संकायमा देख्न सकिन्छ । नयाँ व्यावसायिक एचयाभककष्यलब िकार्यक्रम पनि व्यवस्थापन संकायमा माक्र संचालित रहेका छन. । यस्ता कार्यत्रम संचालन गर्न त्रिविविले त्तब्ब् अनिवार्य गरेको छ । ःद्यब् को पढाई कैलाली र लुम्बिनी क्याम्पसमा मात्र भएको देखियो । द्यद्यः र द्यज् ःस्नातक तहमा चलेको देखिन्छ र हालसालै मात्र उपत्यका बाहिरका सामुदायिक क्याम्पसलाई पनि द्यद्यब् कार्यक्रम संचालन अनुमति दिएकोले मध्यविन्दु र कैलाली बहुमुखी क्याम्फसले द्यद्यब् कार्यक्रम शुरु गरेको छ । तसर्थ व्यावसायिक कार्यत्रम संचालन अनुमति पाउनको लागि त्तब्ब् प्रमाणपत्र पाउन अनिवार्य बनेको छ ।

स्नातकोक्तर कार्यत्रममा मध्यविन्दु र बालकमारीले व्यवस्थापन र शिक्षा संकाय संचालन गरिआएको देखियो । कैलाली र लुम्बिनी क्याम्पसले उपत्यकावाहिर ःद्यब् कार्यक्रम संचालन गर्ने सीमित क्याम्पस बन्न सफल भएको देखिन्छ । मध्यविन्दु र कैलाली क्याम्पसले स्नातकोक्तर कार्यत्रम सांझको समयमा संचालन गरेको बुझियो ।

 

विद्यार्थी शिक्षक (प्राध्यापक) अनुपात

त्तब्ब् को लागि कम्तिमा ५० प्रतिशत शिक्षक, प्राध्यापक पूर्णकालिक हुन आवाश्यक छ । विद्यार्थी संख्या र भौत्तिक पूर्वाधारको आधारमा कैलाली बहुमुखी क्याम्पस देशकै ठूलो सामुदायिक क्याम्पसको रुपमा रहको छ । जहां दशौं हजारको संख्यामा विद्यार्थीहरु अध्ययनरत रहेका छन. र विश्वविद्यालयका प्रायजसो विषयहरुको अध्यापन हुँदै आएको छ ।

लुम्बिनी र बालकुमारी क्याम्पस विद्यार्थी संख्या र पूर्वाधारको आधारमा राम्रा कलेजमा दरिएका छन् । मध्यविन्द औसत कलेज र महाकवि देवकोटा औसतभन्दा मूनिको क्याम्पसको रुपमा रहको देखिन्छ ।

 

मध्यविन्दु महाकवि  कैलाली   लुम्बिनी   बालक्मारी

जम्मा विद्यार्थी संख्या    १३९० ४९१ ९ हजार बढी   ४०९४    ३००० करिव

जम्मा शिक्षक संख्या ३७  २१       ४०  ८३

जम्मा कर्मचारी १३  ४        २१  ३६

विद्यार्थी शिक्षक अन्पात   ३८  २४       १०२ ३६

सरदर उक्तीर्ण दर

चुनौती    नतिजा   विद्यार्थी संख्या         विद्यार्थी संगठनहरु

दिर्घकालिन लक्ष्य             स्वायत्त कार्यत्रम संचालन र विश्वविद्यालय  पूर्णतः स्वायत्त संस्था

 

त्तब्ब् प्राप्त क्याम्पसहरुमा गठन भएका विभिन्न समिति, उपसमितिहरु

क. सञ्चालक समिति         ख. क्याम्पस सेवा आयोग

ग. प्राध्यापक संघ        घ. पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी समाज

क्याम्पस सभाबाट गठित उपसमितिहरु

१. निर्माण उपसमिति         २. अनुगमन तथा समन्वय उपसमिति

३. सामाजिक लेखा उपसमिति  ४. आन्तरिक लेखा उपसमिति

५. शैक्षिक योजना उपसमिति

ख. क्याम्पस प्रशासन मातहत रहने समिति

१. रोजगारी समिति      २. खरिद समिति

क्याम्पस प्रशासन मातहत रहने उपसमितिहरु

१. छात्रवृत्ति छनौट समिति             २.आन्तरिक गुणस्तर सुनिश्चितता समिति

३. गुणस्तर अनुगमन तथा परीक्षण समिति     ४.शैक्षिक समिति

५. अनुसन्धान व्यवस्थापन समिति       ६. प्रकाशन समिति

७.परामर्श सेवा समिति                 ८. स्वास्थ्य सेवा समिति

९. सार्वजनिक सुचना समिति            १०. अनुशासन समिति

११. पुस्तकालय व्यवस्थापन समिति     १२. परीक्षा समिति

१३. अतिरिक्त क्रियाकलाप समिति

 विद्यार्थीहरुको सहभागिता रहने

सबल र विशेष पक्ष

हरेक क्याम्पसका आ आफ्ना विशेष सबल पक्ष रहेको देखियो । जसले क्याम्पसलाई अब्बल र पृथक देखाउन सहयोग मिलेको देखिन्छ । जस्तैः

ड्ड  मध्यविन्दु ब. क्याम्पसः शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (भ्क्ष्क्०ः , क्याम्पसका छुट्टै मोबाईल अनुप्रयोग ब्लमचयष्म ब्एए संचालन र उच्च राजनीतिक पहुँच,

ड्ड  महाकवि देवकोटा ः आफ्नै भ्क्ष्क्,ः यथेष्ट विभागिय कोठा र प्रयोगमा लिन सकिने यथेष्ट जग्गा

ड्ड  कैलाली बहुमुखी क्याम्पस ः पहिलो चरणको त्तब्ब् प्राप्त कलेज भई हाल दोश्रो चरणको त्तब्ब् समेत सकाएको, तात्कालिन समयमा अंचलाधिश मार्फत प्राप्त ३० विघा जमिन र शैक्षिक पूर्वाधार, विषयको विविधता (हरेक संकायमा विभिन्न किसीमका कार्यक्रम र विषयहरु संचालित), आफ्नै पत्रकारिताका विद्यार्थीहरुमार्फत् एफ एम संचालन र उच्च विद्यार्थी संख्या र उच्च उत्पादकत्व आउने प्रभावकारी कर्मचारी व्यवस्थापन

ड्ड  लुम्बिनी वाणिज्य क्याम्पस ः पहिलो चरणको त्तब्ब् प्राप्त कलेज भई हाल दोश्रो चरणको त्तब्ब् समेत सकाएको, विकेन्द्रीत प्रशासन, अनुसन्धान मैत्री पुस्तकालय, स्थानिय राजनीतिक दल एवं व्यापारिक प्रतिष्ठानसँगका बलियो समन्वय र साथ, स्थानीय नगरपालिका र प्रदेश सरकारको समेत राम्रो साथ कायम राख्न सक्नु, अनुभवी एवं दक्ष प्राध्यापक र संचालक समिति, ध्यान केन्द्रको संचालन, स्वायक्त कार्यत्रमहरुको संचालन र अनुसन्धानमूलक अन्तराष्ट्रिय सम्मेलनको आयोजना

ड्ड  बालकुमारी क्याम्पस ः गुणस्तरप्रति सजग रही क्ष्इक् लिएर पहिलो चरणको त्तब्ब् प्राप्त कलेज भई हाल दोश्रो चरणको त्तब्ब् समेत सकाएको, विषयको विविधता (प्राविधिक नसिड्ड, होटल व्यवस्थापनका साथै अन्य विश्वविद्यालयको सम्बधनमा बालकुमारी क्याम्पस समेत संचालित), विद्यार्थी संख्या, ई पुस्तकालय, अुसन्धानमूलक क्रियाकलाप र अनुसन्धानमूलक अन्तराष्ट्रिय सम्मेलनको आयोजना

सिकाई वा अवलम्बन गर्न सकिने क्षेत्रहरु

ड्ड  सामुदायिक क्याम्पसहरुको जन्म समुदायबाट हुने भएकोले यसको वृद्धिविकास र प्रगतिमा समुदायको उल्लेखनिय भूमिका रहने गर्दछ । समुदायबाट समुदायका लागि भन्ने मुलमर्मलाई आात्मसात गर्न सकियो भने सामुदायिक क्याम्पसहरुको दीर्घकालिन विकास सम्भव हुने रहेछ । तसर्थ समुदायले अपनत्व महसुस गर्न सक्नेगरि प्रत्यक्ष सहभागिता र लाभ हासिल हुनेगरि कार्यक्रम र गतिविधिहरु संचालन गर्नुपर्ने देखिन्छ ।

ड्ड  नीतिगत पारदर्शिता र निर्णय प्रक्रियामा सरोकारवाला (समाज, अभिभावक, शिक्षक, विद्यार्थी)हरुको प्रत्यक्ष सहभागिता र सक्रियता ।

ड्ड  विकेन्द्रीत प्रशासन संरचना र अख्तियारी सहितका विभागहरुको संचालन ।

ड्ड  संस्थाले गरिने हरेक गतिविधिहरु नीतिगत व्यवस्था अनुरुप गरिने ।

ड्ड  स्थानीय तहमा राजनीतिक सन्तुलन कायम गरी व्यवस्थापन वा संचालक समितिमा प्रतिनिधित्व र राजनीतिक हस्तक्षेप र पक्षपातको अवस्था आउन नदिदा सबै राजनीतिक दल, विद्यार्थी संगठनहरु र सरकारहरुको तर्फबाट आवश्यक साथ र सहयोग प्राप्त भईरहने ।

ड्ड  प्रतिवद्ध शिक्षक, प्राध्यापक, कर्मचारी र संचालक समितिको संयुक्त पहलले मात्र दिगो विकास सम्भव हुने भएकोले कार्यरत कर्मचारी शिक्षकहरुलाई संस्थाबाट आवश्यक कार्यभार मिलाई पूर्णकालिक बनाईएको ।

ड्ड  पूर्णकालिक शिक्षकले बाहिर नीजि कलेजमा पढाउन नपाउने र पढाएमा अवकासको व्यवस्थासहितको नीतिगत बन्दोबस्त साथै अन्यत्र कार्य गर्न नपर्नेगरि थप आयश्रोतको समेत व्यवस्था गरिआएको ।

ड्ड  शिक्षक, प्राध्यापकका वृद्धि विकासको लागि एमफिल, विद्यावारिधि तथा अन्य अनुसन्धानात्मक कार्यकालागि तलवि बिदा सुविधा र आवश्यक शुल्क समेत तिरी उत्प्रेरित गरिआएको ।

ड्ड  शिक्षक, कर्मचारीको नियुक्तीदेखि वृद्धिविकाससम्मलाई ध्यान दिई आफ्नै नियमानुसार उपप्राध्यापक, सहप्राध्यापक र प्राध्याफकसम्मको बन्दोबस्त गर्ने र यसक्रममा त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० र त्रिवि शिक्षक नियुत्तिको सिफारिस सम्बन्धी विनियम (२०७५) लाई आत्मसात गर्ने ।

ड्ड  उपदानको व्यवस्था योगदानमा आधारित सामाजिक सेवा गरि जम्मा १५ महिना बराबरका तलब

ड्ड  समुदायको साथको लागि शिक्षक अभिभावक संघले काम गर्ने, पूर्व विद्यार्थीहरुको एलमुनि एशोसियसनको व्यवस्था, सेरोफेरोका वडाहरु र प्रमुख संस्थाहरुसंग आवश्यक सहकार्यका लागि ःइग् गरेको ।

ड्ड  परीक्षाको गुणस्तर कायम गर्न आन्तरिक परीक्षामा उत्तीर्ण हुनेहरुलाई स्वतः १ महिनाको मासिक शुल्क छात्रवृत्ति र पहिलो दोश्रो हुनेलाई क्रमशः ३ महिना र २ महिनाको मासिक शुल्क छात्रवृत्ति उपलब्ध गराउदै आएको । साथै परीक्षा शुल्क नलिई अनुपस्थित विद्यार्थीहरुको जरिवाना शुल्क लिई परीक्षामा सामेलहुने संख्यामा उल्लेखनिय वृद्धि ल्याउन सकिने ।

ड्ड  त्रिविको निर्देशिका अनुसार फरक फरक छात्रवृत्ति निर्देशिका र कोटा निर्धारण ।

ड्ड  उच्चस्तरिय आन्तरिक गुणस्तर सुनिश्चितता समिति र प्रभावकारी भ्क्ष्क्,ः त्तब्ब् प्राप्तिका लागि मुलभूत आधार भएकाले सोको निर्माणमा तदारुकतासाथ लागिपर्ने ।

ड्ड  इलभ ध्ष्लमयध एयष्अिथ, भर्ना देखि सबै प्रशासनिक कार्य एकै ठाउँबाट गर्दा गुणस्तर नियन्त्रण, चुस्ट र जिम्मेवार प्रशासन बनाउन सकिने ।

ड्ड  क्भाि क्तगमथ च्भउयचत मा लेखिएका सबै कुराको सर्पोटिंग कागजातहरु भौतिक प्रमाणसहित तयारी अवस्थामा राख्नुपर्ने ।

ड्ड  त्तब्ब् ले गर्दा संस्थाले गरिने हरेक गतिविधिको उचित अभिलेखिकरण गर्न सहज हुनु ।

ड्ड  दिगो संस्थागत विकासका लागि कार्यरत शिक्षक, कर्मचारी र अध्ययनरत विद्यार्थीहरु सन्तुष्ट हुन आवश्यक भएकोले समयसापेक्षिक नीतिनियमको बनाई समय समयमा उनीहरुको  सन्तुष्टी मापन गर्न अध्ययन गर्ने ।

ड्ड  क्क्च् तझब आउदा राम्रो तयारी गरि प्रस्तृति दिने र सोका लागि समुदाय, विद्यार्थीलाईसमेत आवश्यक पूर्वतयारी गराउने ।

ड्ड  क्क्च् मा भएका, लेखिएका हरेक चीजहरु अक्षरश बनाउनु आवश्यक ।

ड्ड  आयश्रोतका लागि समाजमा रहेका प्रतिष्ठित व्यक्तित्वहरु, व्यावसायिक प्रतिष्ठान लगायत चन्दादाताहरुबाट आजिवन सदस्यता वा संरक्षक वा चन्दादाताका रुपमा संकलित सदस्यता रकम वा आर्थिक सहयोग रकमलाई क्याम्पसको भौत्तिक पूर्वाधार विकासमा प्रयोग गरिएको देखिन्छ ।

उपसंहार

हरेक संस्थाले आफ्नो भविष्य स्पष्टत पहिचान गरी सो अनुरुप दिर्घकालिन र अल्पकालीन रणनीति निर्माण गरि गन्तव्यतर्फ उन्मुख हुन आवश्यक छ ।

प्रायजसो क्याम्पसहरुमा संचालक समितिमा दुईथरी व्यक्तित्वहरुलाई समावेश गरेको देखिन्छ । पहिलो क्याम्पसमा शैक्षिक रुपमा योगदान गर्न सक्ने बौद्धिक समुदाय र राजनीतिक पहुँच एवं सन्तुलनका लागि जनप्रतिनिधिहरु (वडादेखि संघिय सांसदसम्म) पदेन सदस्यका रुपमासमावेश गरेको देखिन्छ । तसर्थ संचालक समिति क्याम्पसको रणनीतिक नेतृत्व गर्ने तह भएकोले समावेशितालाई बाहेक योगदान गर्न सक्ने क्षमतासहितका प्रतिनिधि समावेश गर्नसके शैक्षिक उन्नयन र सामाजिक सम्बन्धका दृष्टिकोणले प्रभावकारी हुनेदेखिन्छ ।

क्याम्पसको गुणस्तरीयता उन्नयनका लागि नीतिगत पारदर्शिता अनिवार्य शर्तको रुपमा रहेकोले हाल भएका नीतिहरुको पारदर्शिता र नभएका वा नबनेका नीतिहरुको क्रमशः व्यवस्था गर्दै जानुपर्ने देखिन्छ ।

हालको त्रिभुवन विश्वविद्यालयको स्वायत्तता सम्बन्धी नियम २०६२ अनुसार प्राज्ञिक स्वायत्तता जस अन्तर्गत आड्डिक तथा सम्बन्धनप्राप्त क्याम्फसहरुले कुनै विषय वा शैक्षिक कार्यक्रम तर्जुमा गरी त्रिविको स्वीकृतमिा सञ्चालन गर्ने तथा त्रिविले सञ्चालन गरिआएका नयाँ विषय वा शैक्षिक कार्यत्रमका परीक्षा सञ्चालन गर्ने अधिकार प्राप्त गरि कार्यक्रमहरु संचालन गर्ने लक्ष्यका साथ अगाडि बढ्न सकेमा वास्तवमै विश्वविद्यालय संचालनको लागि समेत महत्वपूर्ण अनुभव र क्षमता हासिल गरेको हुनेछ ।

विकेन्द्रीकरण र स्वायत्तताको अभ्यास गर्नका लागि क्याम्पस संचालक समिति मातहत र प्रशासन समिति मातहत रहने विभिन्न खालका समिति, उपसमितिहरुको गठन र संचालन आवश्यक हुने गर्दछ । सोको तयारी क्रमश गर्दै जानुपर्ने देखिन्छ ।

त्तब्ब् प्राप्त गर्न सहज छैन भन्ने आधार हालसम्म जम्मा २० वटा क्याम्पसले मात्र पाउन सकेबाट नै पुष्टि हुन्छ । तसर्थ यो प्रक्रियामा सामेल भई सुधार गर्न सके, प्रणाली विकास गर्न सके संस्थाको दिर्घकालिन हीत हुने निश्चित छ । हामीलाई थाहा छ आजको रोम एकैदिन बनेको होइन र यी माथि उल्लेखित संस्थाहरुले केही पुस्ता र थुप्रै व्यक्तित्वहरुको सामुहिक पहलले आजको यस अनुकरणीय संस्थाको रुपमा विकास गरेको प्रष्टिन्छ ।

निश्चयपनि त्तब्ब् प्रक्रियामा समावेश भई त्तब्ब् प्राप्त गर्न सकेको खण्डमा क्याम्पसको भौतिक पूर्वाधारको क्षेक्रमा विश्वविद्यालय अनुदान आयोगको राम्रो साथ हुनेदेखिन्छ र यसत्रममा स्थापित वा विकास गरिएका संस्थागत प्रणालीले सुशासनलाई प्रत्याभूत गर्दे  शैक्षिक वातावरणको उन्नयनमा समेत महत्वपूर्ण सफलता हासिल भएको अवलोकन भ्रमणले महशुस गराएको छ ।

हाललाई संचालक समिति तह र प्रशासन मातहत अलग्ग अलग्ग सरोकारवालाहरुको बैठक संचालन गरि क्याम्पसमा हाल देखिएका समस्या र चुनौतीहरुका सम्बन्धमा उपलब्ध हुनसक्ने अवसरहरुको उपयोगलाई ध्यान दिई भएका सबल पक्षहरुको अधिकतम सदुपयोग गरि गर्नसकिने स साना कार्यहरुको थालनी गरि यस कार्यलाई निरन्तरता दिदै गएमा देशमा रहेका ५३२ वटा सामुदायिक क्याम्पसहरुमा उदाहरणीय क्याम्पसको रुपमा पृथक पहिचान बागीश्वरी कलेजले पनि बनाउन सकिनेछ ।

अन्त्यमा यसप्रकारको अवलोकलन भ्रमणलाई अध्ययन भ्रमणकै रुपमा कर्मचारी, शिक्षक, व्यवस्थापन समिति सम्मिलित टोलीको नियमित भ्रमणका रुपमा कलेजको वार्षिक कार्यक्रममा समावेश गर्दा कलेजको गुणस्तरियता र उत्पादकत्वमा समेत वृद्धि आउनेछ ।