चिनियाँ लकडाउन मोडेलबाट हामीले के सिक्ने ?

चिनियाँ लकडाउन मोडेलबाट हामीले के सिक्ने ?

Jan 12, 2020 Social 1 minute read
चिनियाँ लकडाउन मोडेलबाट हामीले के सिक्ने ? image

कोरोना महामारी रोकथामको चिनियाँ मोडेलको रूपमा लकडाउन (बन्दाबन्दी) लाई लिइएको छ । लकडाउनमा चीन सरकारले कसरी नागरिकहरूलाई नियन्त्रणमा राख्यो ? आपूर्ति व्यवस्थापन र परिचालनमा के ग¥यो ? सूचना प्रविधिको उपयोग कसरी ग¥यो ? स्वास्थ्यकर्मीहरू कसरी जिम्मेवारीमा डटे ? आदि जिज्ञासा हामी नेपालीसँग पनि उठेका छन् । यो लेखमा यस्ता जिज्ञासाको सेरोफेरोमा केन्द्रित छ । चिनियाँ मोडेलको लकडाउनमा गरिएको व्यवस्थापन नेपालमा कतिपय उपयुक्त हुनसक्छ ।

लकडाउनको सुरुबाट
वसन्त पर्वको समयमा सङ्क्रमण फैलिएको कारण बिनाढिलाइ चिनियाँ प्रशासनले सम्पूर्ण सार्वजनिक यातायातमा पूर्ण प्रतिबन्ध लगायो । लगत्तै पूरै हुपेइ प्रान्तलाई लकडाउनमा राख्यो । लकडाउनमा मानव अधिकार हननका प्रश्न नउठेका होइनन् । महामारी नियन्त्रणका लागि यो अत्यावश्यक भएकोेले जीवनयापनका आधारभूत आवश्यकताको प्रत्याभूति गरेको स्पष्टोक्ति चीन सरकारले दियो । यद्यपि दैनिक ज्याला मजदुरी गर्नेहरू निकै समस्या नपरेका होइनन् । औद्योगिक क्षेत्र भएकोले एक महिना लामो लकडाउनमा व्यवसाय डुब्ने भयो भनेर घर–घर पुगेर दैनिक स्वास्थ्य संवेदनशीलताको लगत लिने स्थानीय स्वयम्सेवकहरूलाई जनताले आक्रोश पनि नपोखेका होइनन् । जस्तै समस्या आए पनि सामाजिक सम्पर्क टुटाई सङ्क्रमण फैलिन नदिन कडारूपमा नै चीनको प्रशासन लागि प¥यो ।

सूचना प्रविधिको अधिकत्तम प्रयोग
लकडाउन घोषणासँगै त्यसको परिपालना निकै चुनौतीपूर्ण थियो । सबै नाका, बजार, टोल, सडक पुग्नसक्ने आवश्यक प्रहरी जनशक्ति नपुग थियो । परिचालित जनशक्ति आफैँ सङ्क्रमणको सिकार हुनसक्ने खतरा छँदै थियो । यस्तो अवस्थामा सूचना प्रविधिको अधिकत्तम उपयोग गर्न चीन चुकेन । भिडियो क्यामेरा र लाउड स्पिकरसहितका ड्रोनहरूमार्फत निगरानी बढाइयो । बाहिर निस्केका नागरिकहरूलाई सम्झाई–बुझाई, चेतावनी र सजाय पनि दिइयो । मानिसको भीडभाड हुने क्षेत्रमा रोबोट (आर्टिफिसियल इन्टिलेजेन्स) मार्फत ज्वरो नाप्ने र मास्क नलगाई हिँड्नेहरूको पहिचान तत्काल गरियो । खतराका सूचना आउनेबित्तिकै तुरून्तै त्यस्ता व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण गराउने र क्वारेन्टिनमा अनिवार्यमा रहनुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरियो ।

लकडाउन कठोर समयावधि हो । मानिसहरूबीचको भौतिक सामाजिक दूरी शून्यस्तरमा झार्ने यो निर्विकल्प उपाय पनि हो । यो सँगसँगै उद्योग, व्यापार, व्यवसायलगायतका सम्पूर्ण क्षेत्र बन्द रहँदा अर्थतन्त्र चलायमान हुन नसकी रुग्ण हुन्छन् । धेरैको रोजगारी गुम्नसक्छ, रोजीरोटीको विकराल समस्या खडा हुन्छ । यसको सही व्यवस्थापन गर्न नसक्दा समग्र देशको अर्थतन्त्र मन्दीको शिकार भई अर्को जटिल समस्यामा देश फस्ने जोखिमलाई कम आकलन गरिनुहुन्न ।

किनमेलमा प्रयोग गर्ने पैसामार्फत पनि सङ्क्रमण फैलिनसक्ने जोखिम थियो । चीन कागजी पैसाको सुरुवात गर्ने पहिलो देश पनि हो । सायद कागजी पैसाको प्रयोग न्यून गर्ने पहिलो देश पनि बनेको छ । मोबाइलमार्फत भुक्तानी गर्ने वित्तीय प्रणालीको विकास गरिसकेको कारण यो महामारीमा कागजी पैसाको प्रयोग रोक्न चीनलाई गा¥हो भएन ।
आवश्यक सर–सामानको चाँजोपाँजो गर्न त्यहाँका कुरियर सेवा प्रदायकहरू अहोरात्र खटे । निःशुल्क सेवा प्रदान गर्न पनि पछि परेनन् । स्वास्थ्य उपचारका सामग्रीदेखि औषधि, खानेकुरा अस्पताल र घर–कोठामा पु¥याउन द्रुतगतिमा लागिपरे । जसले गर्दा आपूर्ति व्यवस्थापनमा सरकारलाई निकै सहयोग मिल्यो ।
सरकारी अधिकारीहरूलाई सूचना सङ्कलनमा सहयोग र सूचनाको उचित व्यवस्थापन गर्न ठूला सफ्टवेयर कम्पनीहरूले साथ दिए । जसले हरेक नागरिकको सूक्ष्म निगरानी गर्न अधिकारीहरू सक्षम र साधनस्रोत सम्पन्न पनि भए । सामाजिक सञ्जालमार्फत हरेक व्यक्तिले आफू कार्यरत वा संलग्न कार्यालय, कारखाना, विद्यालय, विश्वविद्यालयमा दैनिकजसो आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी गराउनुपर्ने प्रबन्धले जोखिममा रहेका व्यक्तिको तुरून्तै पहिचान गरी उपयुक्त स्वास्थ्य परामर्श उपलब्ध गराई जोखिममुक्त गर्ने कार्य पनि प्रभावकारी ढङ्गले अगाडि बढाए ।

प्रतिबद्घ स्वास्थ्यकर्मी र भौतिक पूर्वाधारको निर्माण
महामारीको समय असामान्य समय भएकोले सामान्य ज्वरो, खोकी लागेको आशङ्का गरिएका बिरामीहरूको भीड अस्पतालहरूमा देखिनु स्वाभाविक थियो । भीड व्यवस्थापन निकै नै चुनौतीपूर्ण बनेको पनि थियो । अस्पतालका नर्स, चिकित्सकहरू २४ सै घण्टा अहोरात्र खटेर पनि आफ्नो जिम्मेवारीमा अटल रहे । सुरुमा खानपिन र आरामको व्यवस्था हुन नसक्दा केही असजिलो भए तापनि केन्द्रीय सरकारले ध्यान दिन थालेपछि असहजता कम हुँदै गयो । निकै छोटो समयावधिमा हजारौँ शय्याका दुईवटा अस्पतालको निर्माण गरी विश्वलाई आफ्नो अद्भूत निर्माण क्षमता देखायो । सङ्क्रमितको सङ्ख्या बढेसँगै सबैजसो खेलकुद भवनहरू, व्यापारिक प्रदर्शनीस्थलहरूलाई अस्थायी अस्पतालको रूपमा विकास गरियो । स्वास्थ्यकर्मीहरूको बढ्दो मागलाई सेनादेखि प्रत्येक प्रान्तका स्वास्थ्यकर्मीहरूको टोलीले पूर्ति गर्दै गयो । यसरी हरेक प्रान्तबाट आएका स्वास्थ्यकर्मीहरूको टोलीले हुपेइ प्रान्तका निश्चित क्षेत्रको जिम्मा लिई उपचारमा देश र जनताप्रति निःस्वार्थरूपमा समर्पित भई लागे । यसप्रकार प्रतिबद्घ र समर्पित स्वास्थ्यकर्मीहरू चीनमा महामारी नियन्त्रणका प्रमुख अङ्ग नै भए ।

अनुशासित नागरिक
सरकारी निर्देशनको अक्षरशः पालना गरी सरकारलाई सहयोग गर्ने अनुशासित नागरिक चीनका गहना हुन् । अनुशासित नागरिकहरूको व्यवस्थापनमा त्यहाँको आवास बस्ती संरचनाले पनि सजिलो बनायो । निश्चित आवास क्षेत्रमा नागरिकहरू बस्ने भएकोले आवास क्षेत्रबाट किनमेलका लागि वा अन्य आवश्यक कामका लागि बाहिर निस्किनुपर्दा सम्बन्धित आवास क्षेत्रका जिम्मेवार अधिकारीहरूको स्वीकृतिमा मात्र जान सकिने प्रबन्धले गर्दा लकडाउनमा अनावश्यक भीड नियन्त्रण गर्न सजिलो भयो ।

हामी के गर्नसक्छौँ ?
लकडाउन कठोर समयावधि हो । मानिसहरूबीचको भौतिक सामाजिक दूरी शून्यस्तरमा झार्ने यो निर्विकल्प उपाय पनि हो । यो सँगसँगै उद्योग, व्यापार, व्यवसायलगायतका सम्पूर्ण क्षेत्र बन्द रहँदा अर्थतन्त्र चलायमान हुन नसकी रुग्ण हुन्छन् । धेरैको रोजगारी गुम्नसक्छ, रोजीरोटीको विकराल समस्या खडा हुन्छ । यसको सही व्यवस्थापन गर्न नसक्दा समग्र देशको अर्थतन्त्र मन्दीको शिकार भई अर्को जटिल समस्यामा देश फस्ने जोखिमलाई कम आकलन गरिनुहुन्न ।
महामारीको समस्यामा सरकारी निर्देशनको कार्यान्वयनका लागि जनशक्ति अभावलाई पूर्ति गर्न पर्याप्त सुरक्षा सावधानीका साथ व्यापकमात्रामा स्वयम्सेवकलाई तालिम दिई निश्चित एकाइमा परिचालित गर्न आवश्यक देखिन्छ ।
सूचना प्रविधिको अधिकतम उपयोगका लागि यस क्षेत्रका विज्ञ र कम्पनीहरूसँगको सहकार्यलाई प्राथमिकतामा राख्न सकिन्छ । लकडाउनमा अत्यधिक मात्रामा प्रयोग हुने सामाजिक सञ्जालको निगरानी (भ्रामक समाचार), वस्तुस्थितिको जानकारी र सही सूचना आवश्यक समयमा तुरुन्त प्रवाह गराउन धेरै सदस्य वा पछ्याउनेहरू (फलोवर) भएका सामाजिक सञ्जालका समूह वा संस्था वा व्यक्तिसँग समन्वयकारी भूमिका निर्वाह गर्न सकिन्छ । सूचना प्रविधिको प्रयोगबाट आउने सूचनाको विश्लेषण र त्यसका आधारमा आवश्यक नीतिगत वा कार्यगत निर्णयमा चुस्तता ल्याउन क्षेत्रगत अनुसन्धान समूहहरू निर्माण गर्न सकिन्छ ।
कागजी मुद्रालाई अभौतिक थैली (डिजिटल वालेट) ले प्रतिस्थापन गर्ने उपयुक्त भुक्तानी प्रणालीको व्यवस्था राष्ट्र बैड्ढको अगुवाइमा वित्तीय साक्षरताका अभियान पनि जनस्तरमा लग्नुपर्ने देखिन्छ । किनमेलको बहानामा निस्किने अनावश्यक भीड व्यवस्थापनका लागि फरक–फरक बजार फरक–फरक समयमा खोल्ने र आपूर्ति व्यवस्थापनका लागि स्थानीय सरकारको अगुवाइमा घर–घरमै आपूर्ति सेवा पु¥याउनेतर्फ पनि ध्यान दिन उपयुक्त हुन्छ ।
अनुशासित नागरिक बिनालकडाउनले सार्थकता पाउन सक्दैन । अनुशासन नमान्नेलाई सजाय दिन पनि सड्ढटको समयमा पछि पर्नुहुन्न । आम नागरिकले सरकारी निर्देशनहरूको परिपालना, सरकारले नागरिकको आधारभूत आवश्यकताको प्रत्याभूति, स्वास्थ्य क्षेत्रले सहज स्वास्थ्य उपचारको व्यवस्थापन गर्नसके कोरोना सङ्क्रमणको विरुद्घको लडाइँमा नेपालीले जीत हासिल गर्नसक्नेछौँ ।

Published in Majdoor Daily on April 5, 2020

चिनियाँ लकडाउन मोडेलबाट हामीले के सिक्ने ?